भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
makalukhabar.com · Tue Jun 30 04:24:11 GMT 2026

भद्रपुर । जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)