पर्यटन बजेट र पूर्वाधार विकासबारे पर्यटनमन्त्री पौडेलद्वारा निजी क्षेत्रसँग छलफल
tourismface.com · Tue Jun 30 04:28:14 GMT 2026

नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन क्षेत्रका विद्यमान समस्या समाधान गर्दै पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) को आयोजनामा नेपालगञ्जमा आयोजित ‘पर्यटन क्षेत्रका सरोकारवालासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अन्तर्क्रिया’ मा मन्त्री पौडेलले पर्यटन क्षेत्रका जायज माग र आवश्यक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री पौडलले नेपाल पर्यटन बोर्डको आगामी बजेट तथा कार्यक्रममा समेट्न सकिने विषयहरू लिखित रूपमा पेश गर्नसमेत आग्रह गरेका छन् । उनले प्राप्त सुझावमध्ये व्यावहारिक र आवश्यक कार्यक्रमहरू चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न सरकार सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)