दोहामा आज अमेरिका-ईरान वार्ता हुने ट्रम्पको दाबी
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा मंगलबार अमेरिका र ईरानबीच महत्त्वपूर्ण वार्ता हुन लागेको दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ईरान आफैँले बैठकका लागि अनुरोध गरेको बताएका हुन्।
ट्रम्पले वार्ताका लागि आफ्ना विशेष दूत स्टिभ विटकफ दोहा प्रस्थान गरिसकेको जानकारी दिँदै यो वार्ता महत्त्वपूर्ण हुन पनि सक्ने र नहुन पनि सक्ने टिप्पणी गरे। ह्वाइट हाउसमा उनले भने, 'उनीहरू कतार जाँदै छन्। सायद उनीहरू निस्किसके वा निस्किने तरखरमा छन्। हेरौँ यो वार्ता कसरी अगाडि बढ्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)