ट्रम्पको दोहा वार्ता दाबी इरानले गर्यो खारेज
annapurnapost.com · Tue Jun 30 04:32:54 GMT 2026

इरान : इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका छन् । इरानका उपविदेशमन्त्री तथा प्राविधिक वार्ता टोलीका प्रमुख काजेम घरिबाबादीले पनि यस हप्ता कुनै बैठक तय नभएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)