श्रावणको अन्तिम सोमबार: पशुपतिनाथका चारै ढोका खुला,उत्तरतर्फबाट जल चढाउन पाइने
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । सौरमासअनुसार आज श्रावण महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भारी भिड लागेको छ। दर्शनार्थीहरूको सहजतालाई ध्यानमा राख्दै आज बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएका छन्।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार भक्तजनहरूलाई उत्तरतर्फको ढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको छ। श्रावणका प्रत्येक सोमबार भगवान शिवको विशेष पूजा गर्ने परम्परा रहिआएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)