प्रतिनिधिसभाको बैठक बस्दै
nagariknews.nagariknetwork.com · Mon Aug 10 00:30:18 GMT 2026

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आज अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले 'कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)