यूएईलाई एक विकेटले हराउँदै स्कटल्यान्डको रोमाञ्चक जित
nagariknews.nagariknetwork.com · Mon Aug 10 01:14:34 GMT 2026
स्कटल्यान्डले आईसीसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (यूएई) माथि रोमाञ्चक एक विकेटको जित निकालेको छ।
यूएईले प्रस्तुत गरेको २३२ रनको लक्ष्य स्कटल्यान्डले ३९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। स्कटल्यान्डले जितका लागि अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको थियो। पानीको कारण ४० ओभरमा घटाएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर २३१ रन बनाएको थियो। उसका लागि अदिब उस्मानीले शानदार शतक प्रहार गर्दै ११६ रन बनाए। उनको उत्कृष्ट ब्याटिङका कारण यूएईले स्कटल्यान्डसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)