रुसमा युक्रेनी ड्रोन आक्रमण, ६ जनाको मृत्यु
lokaantar.com

रुसको बेलगोरोड सहरमा युक्रेनी सेनाले गरेको रात्रिकालीन ड्रोन आक्रमणमा परि ६ जनाको मृत्यु भएको छ। क्षेत्रीय संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार आक्रमणमा परी अन्य दर्जनौँ मानिसहरू घाइते भएको रफयटर्सले जनाएको छ ।
बेलगोरोड क्षेत्रका कार्यवाहक गभर्नरले शुरूमा आक्रमणमा ३ जनाको मृत्यु भएको र दुई बालबालिकासहित २५ जना घाइते भएको बताएका थिए। पछि उद्धार तथा आपत्कालीन टोलीले आगलागी भएको एउटा अपार्टमेन्ट भवनको भग्नावशेष र कोठाभित्र खोजी गर्ने क्रममा मृतकको संख्या बढेर ६ पुगेको अधिकारीहरूले पुष्टि गरेको समाचारमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)