१२ कम्पनीका १६ करोड कित्ता लकइन सेयर खुल्दै
annapurnapost.com · Mon Aug 10 01:12:15 GMT 2026

काठमाडौं : धितोपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक, कर्मचारी तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्ट्याइएको सेयरको लकइन अवधि सकिने क्रम सुरु भएको छ। आगामी भदौ मसान्तसम्म मात्रै एक दर्जन कम्पनीका ठूलो परिमाणका सेयर लकइनबाट बाहिर आउने भएकाले दोस्रो बजारमा सम्भावित थप आपूर्तिलाई लिएर लगानीकर्ताको चासो बढेको छ।
साउन र भदौमा १२ कम्पनीका संस्थापक, प्रमोटर, कर्मचारी तथा म्युचुअल फन्ड र अन्य समूहका गरी भदौसम्म १२ कम्पनीका १६ करोड ५ लाख ४४ हजार १ सय ३८ कित्ता सेयरः लक–इन सेयरको लकइन अवधि समाप्त हुँदैछ। लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुसार आफ्नो सेयर दोस्रो बजारमा कारोबार गर्न सक्ने भएकाले बजारमा उपलब्ध सेयरको संख्या बढ्नेछ। नेपाल इन्भेस्टस् फोरम पूर्व अध्यक्ष छोटेलाल रौनियारले बजार सकारात्मक र नकारात्मक कसरी लिने भन्ने विषयले बजार तलमाथि जान सक्ने बताए। उनले भने ‘लगानीकर्ताका लागि अबसर र चुनौती दुवै हो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)