ग्यास डिपोमा सादा पोसाकमा प्रहरी परिचालन
barnanmedia.com · Mon Aug 10 01:25:56 GMT 2026

ग्यासमा कालोबजारी भइरहेको सूचना आएपछि गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका ग्यास डिपोमा आइतबार सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।
ग्यास आयात नियमित भइरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै लगातार गुनासो आएपछि ग्यास डिपोमा प्रहरी परिचालन गरिएको मन्त्रालयले जनाएको छ । ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योगमन्त्री गौरी कुमारीले गृहमन्त्री सुधन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)