चट्याङ लागेर महिलाको मृत्यु
ekantipur.com · Thu Jul 11 10:30:17 UTC 2024

रौतहट — जिल्लाको मौलापुर नगरपालिकामा खेतमा धान रोप्ने क्रममा बिहीबार चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गौरका अनुसार चट्याङ लागेर मौलापुर–८ सोनरनियाकी ५५ वर्षीया धरोहरि देवीको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
‘खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ लागेर धरोहरीको मृत्यु भएको हो,' उनले भनिन्, ‘घटनाबारे थप जानकारी लिने काम भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)