कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
reportersnepal.com · Mon Aug 10 03:12:03 GMT 2026

काठमाडौं, साउन २५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न १ बजे पुनस् बस्ने भएको छ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार सुरु भएको बैठकमा सबै विषय टुङ्गिन नसकेपछि सोमबारका लागि पुनः तय गरिएको हो ।
आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल सुरु भएको थियो । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए । त्यसैगरी, महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)