रंगुनले उजाडेको सिमलखेत
annapurnapost.com · Mon Aug 10 04:17:59 GMT 2026

डडेलधुरा : डडेलधुराको परशुराम–६ सिमलखेतका गोरे थापा हाल घरबारविहीन भएका छन्। रंगुन नदीले उनको १५ रोपनी जग्गा बगर बनाई दिएपछि उनी घरबारविहीन भएका हुन्। उनी अहिले सोही वडाको बैजनाथ सामुदायिक वन छेउको सडक किनारमा अस्थायी बसोबास गरिरहेका छन्। गोरे थापाका बुवा कालुसिंह थापा ४ छोरासहित २०३६ सालमा सिमलखेत झरेका हुन्।
अछामको हाल साँफेबगर नगरपालिका–६ पाटलकोटबाट कालुसिंह सिमलखेत झरेका हुन्। वर्षको ३ महिना पनि खाने अन्न उब्जनी नहुने भएपछि कालुसिंह परिवारसहित डडेलधुराको भित्री मधेस क्षेत्रमा बसाई सरेका हुन्। २०६४ सालमा आएको बाढीले रंगुन नदी छेउको १५ रोपनी लालपुर्जावाला जग्गा बगर बनाई दिएपछि उनी अहिले घरबारविहीन भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)