हतियार भण्डारणमा कमी आएको पेन्टागनको स्वीकारोक्ति, चाँडो उत्पादन गर्न उद्योगलाई निर्देशन
corporatenepal.com · Mon Aug 10 04:30:39 GMT 2026

काठमाडौं । इरानसँगको पछिल्लो सैन्य द्वन्द्वमा ठूलो मात्रामा हतियार प्रयोग भएपछि अमेरिकाले आफ्नो सैन्य भण्डार पुनःपूर्ति गर्न हतियार उत्पादन बढाउने तयारी थालेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रक्षा उद्योगलाई गोलाबारुद तथा महत्वपूर्ण सैन्य सामग्रीको उत्पादन गति बढाउन आग्रह गरेको हो । पेन्टागनका प्रवक्ता सिन पार्नेलले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनालाई आवश्यक हतियार तथा गोलाबारुदको उपलब्धता सुनिश्चित गर्न खरिद प्रक्रिया तीव्र पारिएको जानकारी दिएका छन् । उनका अनुसार सम्भावित सुरक्षा चुनौती र सैनिक आवश्यकताअनुसार हतियारको आपूर्ति सुनिश्चित गर्नु अहिलेको प्राथमिकतामध्ये एक हो।
पार्नेलले हतियार उत्पादन र खरिद बढाउने प्रक्रिया इरानसँगको पछिल्लो द्वन्द्वपछि मात्रै सुरु गरिएको नभई यसअघि नै अघि बढाइएको सैन्य आधुनिकीकरण योजनाकै निरन्तरता भएको बताएका छन्। उनका अनुसार पेन्टागनले लामो समयदेखि अमेरिकी सेनाको सैन्य क्षमता सुदृढ गर्ने प्रयास गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)