सिराहामा बोलबम श्रद्धालु बोकेको ट्याक्टर अचानक पल्टियो
kalakarmi.com · Mon Aug 10 04:23:56 GMT 2026

सिराहा- सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि सोमवार दुर्घटना भएको हो । उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालुहरू सवार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)