वीरगन्जबाट १६ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
nagariknews.nagariknetwork.com · Mon Aug 10 05:12:21 GMT 2026

पर्साको वीरगन्ज महानगरपालिका-१४ स्थित कृष्णा प्रणामी चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी, पटोका श्रीपुर ग्राम पञ्चायत-१ बस्ने २५ वर्षीय शत्रुधन पासवान रहेका छन्।
प्रहरीका अनुसार आइतबार कृष्णा प्रणामी चोकस्थित सडकबाट उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा १६.५७ ग्राम ब्राउन सुगरबरामद भएको हो। पासवानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)