थर्पु खानेपानी समितिबाट गोरखाका पहिरोपीडित परिवारलाई १ लाख १ हजार १११ रुपैयाँ सहयोग
bishowkhabar.com · Mon Aug 10 05:44:50 GMT 2026

काठमाडौं– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै गोरखाको लक्ष्मीबजारका पहिरोपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।
गत साउन १८ गते परेको अविरल वर्षापछि गोरखाको लक्ष्मीबजारमा पहिरो जाँदा मानसिंह गुरुङको घर क्षतिग्रस्त भएको थियो। विपद्मा परेको उक्त परिवारलाई समितिले रु १ लाख १ हजार १११ सहयोग हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)