करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
ratopati.com · Thu Jun 04 17:05:41 GMT 2026

काठमाडौँ । प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर छाडेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर दिनभर सोधपुछ गरेको थियो । ‘उहाँलाई करिब ३ बजेतिर कार्यालयमा ल्याइएको थियो’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृत भन्छन्, ‘करिब ७ घण्टापछि श्रीमतीको जिम्मा लगाएर छाडिएको छ ।’
पुष्कर पत्नी एवम् सहसचिव आभा श्रेष्ठको जिम्मामा उनलाई छाडिएको अधिकृतहरू बताउँछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई सोधपुछको लागी नियन्त्रणमा लिइएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । पुष्करले ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागी प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)