कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य
nagariknews.nagariknetwork.com · Mon Aug 10 05:51:18 GMT 2026

हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी यतिखेर कुष्माण्ड सरोवर त्रिवेणीधामका रुपमा चासो र चर्चा कमाएको छ।
पहिला केबल अन्तिम संस्कारका लागि मात्र आउने गरिएको यो ठाउँ डेढ दशकको अन्तरालमा दिव्यधामका रुपमा परिणत भैसकेको छ। छोटो समयमा आमूल परिवर्तन भएको यहाँको विकास र परिवर्तन आज जुनसुकै ठाउँका लागि पनि अनुकरणीय बनेको छ। सत्य युगमा कुष्माण्डा भगवतीले यही ठाउँमा तपस्या गरी विष्णु भगवान्बाट सिद्धी प्राप्त गरेको धार्मिक विश्वास रही आएको कुष्माण्डा भगवती मन्दिरका पुजारी कृष्णप्रसाद बरालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)