प्रधानमन्त्री बनेपछि दक्षिणी छिमेकीका राजदूतसँग बालेनको पहिलो एकल भेट
nepalviews.com · Mon Aug 10 06:22:19 GMT 2026

काठमाडौं । प्रधामन्त्री बालेन्द्र शाह बालेनसँग काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । यसअघि प्रधानमन्त्रीसँग भारतीय राजदूतले सहज रूपमा भेट गर्ने गरेको भए पनि बालेनसँग भने चार महिनापछि भारतीय राजदूतले एकल रूपमा भेट गर्ने मौका पाएका हुन् ।
यसअघि प्रधानमन्त्री बनेलगत्तै बालेनले काठमाडौंस्थित विदेशी राजदूतहरूसँग सामूहिक भेट गरेका थिए । उनले एकल भेट नगर्ने नीति लिएका कारण यो बीचमा काठमाडौं आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसियाली दूतले समेत बालेनसँग भेट गर्न पाएका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)