फेसबुकमा चिनजान भएका युवकको बेलायती सम्पत्तिको प्रलोभन: एक महिलाले गुमाइन् ३१ लाख
clickmandu.com · Mon Aug 10 06:24:25 GMT 2026

काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर अपराध) का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन् । सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती महिलाको ठगीको कथा फेसबुकबाट सुरु भएको थियो । बेलायत (यूके) को कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा अथाह सम्पत्ति रहेको भन्दै उनीसँग मित्रता गाँसेका थिए । कुराकानीकै क्रममा ती व्यक्तिले आफू बेलायतको सम्पूर्ण सम्पत्ति बेचेर नेपाल आउन लागेको र नेपालमै घरजग्गा किनेर उनीसँगै जीवन बिताउने आश्वासन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)