राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस
ratopati.com · Mon Aug 10 06:26:22 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था अनुसार प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हकहितको संरक्षण र सशक्तिकरणमा आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)