भारतीय राजदूतसँग प्रधानमन्त्री शाहको पहिलो भेट, नेपाल- भारत सम्बन्धबारे के भयो छलफल ?
kalakarmi.com · Mon Aug 10 06:34:19 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा विकास साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको थियो । साथै, दुई देशबीच विकास, सहकार्य र पारस्परिक लाभका विभिन्न क्षेत्रमा अघि बढ्न सकिने सम्भावनाबारे समेत छलफल भएको बताइएको छ । भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)