भारतसम्म रेलमार्ग बनाउने सम्भावना खोजी गर्दै रुस
lokaantar.com
हर्मुज स्ट्रेट र बोस्फरस जलमार्गमा बढ्दो भूराजनीतिक जोखिमलाई ध्यानमा राख्दै रुसले हिन्द महासागरसम्म नयाँ रेलमार्ग निर्माण गर्ने सम्भावनाको अध्ययन गरिरहेको छ। रुसका उपप्रधानमन्त्री मारात खुसुलिनले ‘टास’ समाचार संस्थालाई दिएको एक अन्तर्वार्तामा भारतसम्म पहुँच पुर्याउने विकल्पसहित रेल परियोजनामाथि काम भइरहेको खुलासा गरेका हुन् ।
उपप्रधानमन्त्री खुसुलिनका अनुसार, यो रेल्वे मार्ग सञ्चालनमा आएमा बोस्फरस र हर्मुज स्ट्रेट क्षेत्रमा उत्पन्न हुने सम्भावित आपूर्ति तथा ढुवानीका जोखिमहरूलाई धेरै हदसम्म कम गर्न सहयोग पुग्नेछ। यसका लागि तुर्कमेनिस्तान, इरान, अफगानिस्तान र पाकिस्तान हुँदै जाने विभिन्न मार्गहरूको प्रस्ताव गरिएको छ। उनले स्पष्ट पार्दै भनेका छन्, 'भारतसम्म प्रत्यक्ष वा अप्रत्यक्ष पहुँच प्रदान गर्ने जुनसुकै विकल्पहरू हाम्रा लागि स्वीकार्य छन्।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)