हुलास फिनसर्भको वित्तीय छलाङ, नाफा ८४ प्रतिशत बढ्दा वितरणयोग्य नाफा ७७ करोड
kalakarmi.com · Mon Aug 10 06:54:42 GMT 2026

काठमाडौं- व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४५ प्रतिशत बढी नाफा गरेको हो ।
हुलास फिनसर्भले प्रकाशन गरेको आव २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले व्यवसाय विस्तार र नाफामा उल्लेख्य प्रगति हासिल गरेको देखिएको छ । अघिल्लो वर्ष कम्पनीले २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)