रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
nepalviews.com · Mon Aug 10 07:04:50 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डले किसानहरू मलको अभावका कारण ठूलो समस्यामा परेको बताएका हुन् । उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)