विशेष ब्युरोले पक्राउ गरेको थियो पुष्पेशलाई, प्रहरीले गरायो परिवारसँग सम्पर्क
onlinekhabar.com · Mon Aug 10 07:07:15 GMT 2026

काठमाडौं । ललितपुरको टीकाथलीबाट गत शनिबार उठाइएका कञ्चनपुरका पुष्पेश भाट परिवारको सम्पर्कमा आएका छन् । लगभग २४ घन्टापछि काठमाडौंस्थित मालिगाउँ प्रहरी वृतले उनका परिवारलाई पुष्पेश आफूहरूको सम्पर्कमा आइसकेको जानकारी दिएका थिए।
शनिबार दिउँसो साढे ३ बजेतिर कोटेश्वरस्थित नरेफाँटदेखि बोजेपोखरी जाने बाटोमा याङ्गो चालक जिलाप तामाङको मोटरसाइकलमा सवार पुष्पेशलाई चारवटा स्कुर र एउटा जीपमा आएका केही मान्छेहरू आफूहरू ‘प्रहरी हौं’ भन्दै गाडीमा लगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)