तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
ratopati.com · Mon Aug 10 07:18:44 GMT 2026

काठमाडौँ । भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका तत्कालीन सहसचिव तीर्थराज भट्टराई र त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदातलतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावल र विदुर कोइरालाको इजसालमा सुनुवाइ भइरहेको छ ।
अख्तियारले भट्टराईसहित तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलाएको थियो । मुख्य प्रतिवादी बनाइएका भट्टराईविरुद्ध ७९ लाख ८० हजार बिगो, त्यति नै जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ । कार्यालय प्रमुख भएका कारण उनलाई थप ३ वर्ष कैद सजाय पनि मागदाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)