संसद्मा कांग्रेसले भन्यो– प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्न
ratopati.com · Mon Aug 10 07:55:03 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा प्रतिपक्ष सधैँ सरकारको साथमा रहने बताएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै की सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको एक्लो महसुस भएको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो धारणा राखेकी हुन् ।
सांसद काउचाले प्रधानमन्त्रीलाई कालो चस्मा खोलेर हेर्न आग्रह गर्दै भनिन्, ‘तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया र संसदीय मर्यादा उल्लङ्घन हुँदा प्रतिपक्ष मौन बस्न सक्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)