नुवाकोटमा भेटिएका विवेक श्रेष्ठको शव परिवारले बुझे
ratopati.com · Thu Aug 27 16:18:18 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोटमा मृत अवस्थामा भेटिएका विवेक श्रेष्ठको शव पोस्टमार्टम गरिएको छ । काठमाडौँको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उनको पोस्टमार्टम गरिएको हो ।
सिन्धुपाल्चोकको बलेफि गाउँपालिका–८ घर भएका ३२ वर्षीय विकेको शव परिवारले बुझेका छन् । बिहीबार शिक्षण अस्पतालमा पोस्टमार्टमपछि उनका दाइ रमेश श्रेष्ठले शव बुझेर लगेको त्रिवि शिक्षण अस्पतालमा एक जना अधिकृतले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)