त्रिविमा समयमै भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न माग
ratopati.com · Mon Aug 10 08:09:52 GMT 2026

काठमाडौँ । विद्यार्थीहरूले तोकिएको समयमा नै विद्यार्थी भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा समक्ष माग गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले आज सोमबार ज्ञापनपत्र बुझाउँदै शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गरी तोकिएको समयमानै विद्यार्थी भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न माग गरेका हुन् ।
अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका सहसंयोजक हिक्मतकुमार बुढाको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । ३३ बुँदे मागपत्रमा त्रिविका सबै तहका परीक्षा केन्द्रहरू अनिवार्य रूपमा आङ्गिक तथा सामुदायिक क्याम्पसमा मात्र निर्धारण गर्नुपर्ने, १ हजारभन्दा कम विद्यार्थी भएका विषयको नतिजा ३० दिनभित्र र १० हजारभन्दा बढी विद्यार्थी भएका विषयको नतिजा ६० दिनभित्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने लगायतका विषयहरू समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)