अर्थमन्त्री वाग्ले र २० बहुराष्ट्रिय कम्पनीबीच लगानी तथा बजेट कार्यान्वयनबारे छलफल सुरु
bishowkhabar.com · Mon Aug 10 08:07:40 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरु गर्नुभएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत सोमबार दिउँसो अर्थ मन्त्रालयको सुवर्ण हलमा उक्त छलफल सुरु भएको हो ।
छलफलमा नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदार सहभागी छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार छलफलमा बजेटले उपलब्ध गराएका सुविधा, कम्पनीहरूले भोगिरहेका समस्या, लगानी विस्तार, रोजगारी सिर्जना, लगानीको प्रतिफल फिर्ता लैजाँदा देखिएका समस्या तथा सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा केन्द्रित छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)