भोटेकोशी बाढी : नवलपुरमा भेटिएका शवको संख्या ८७ पुग्यो
annapurnapost.com · Thu Aug 27 16:13:57 GMT 2026

नवलपुर : भोटेकोशी नदीमा आएको बाढीमा बगेर नवलपुर क्षेत्रमा भेटिएका शवको संख्या ८७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको पछिल्लो जानकारी अनुसार फेला परेका ८७ शवहरुमध्ये ७६ वटा सग्लो शव रहेका छन् । अन्य ११ वटा भने शरीरका अंगहरू मात्र प्राप्त भएका छन्।
सग्लो शवहरूमा ३६ पुरुष, २४ महिला, १० बालिका र ६ बालक रहेका छन्। फेला परेका शवहरूमध्ये ६९ वटा शवलाई विभिन्न अस्पतालहरूमा सुरक्षित राखिएको छ भने १८ वटा शव अझै नदि किनारमा नै छन् । भेटिएका सबै शवको व्यवस्थापन गर्न जिल्लामा नसकिएपछि ४१ वटा शवलाइ पोखरा पठाईएको छ। त्यी शवहरुलाई पोखरास्थित गण्डकी अस्पतालमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)