अन्तिम समयको दुई गोलले युनाइटेड उपाधि होडमा फर्कियो
deshsanchar.com · Sun Feb 12 16:30:40 GMT 2023
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अन्तिम समयमा लगातार दुई गोल गरेपछि महत्वपूर्ण तीन अङ्क हासिल गर्दै प्रिमियर लिगमा उपाधि होडमा आफूलाई पनि सामेल गर्न सफल भएको छ। निर्धारित समय सकिन अन्तिम १० मिनेट बाँकी रहँदा युनाइटेडले दुई गोल गर्दै लिड्स युनाईटेडलाई २-० ले पराजित गर्न सफल भयो।
म्यानचेस्टर सिटीको खेल अघि दोस्रो स्थानमा उक्लिने क्रममा युनाइटेडले सिटीलाई १ अङ्कले पछि पारेको छ। यद्यपि उसले शीर्ष स्थानमा रहेको आर्सनल र तेस्रो स्थानमा झरेको सिटी भन्दा २ खेल बढी खेलेको छ। युनाइटेड शीर्ष स्थानको आर्सनल भन्दा ५ अङ्कले पछि रहँदा तेस्रो स्थानमा झरेको सिटी भन्दा एक अङ्कको अग्रता बनाउन सफल भएको छ। यद्यपि आइतबारनै हुने खेलमा सिटीको नतिजाले अङ्क तालिकामा फरक पार्न सक्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)