यालुङ री हिमालमा ५ जनाको शव फेला, ४ शव काठमाडौँ ल्याइयो
ratopati.com · Mon Aug 10 08:52:41 GMT 2026

काठमाडौँ । दोलखा रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ री हिमालको आधार शिविरमा फेला परेका ५ जनाको शव निकालिएको छ । साउन २१ मा स्थानीयले हिउँ पग्लिएको ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आधार शिविरमा भेटिएको ४ वटा शव हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको दोलखाका डीएसपी मनोज लामाले रातोपाटीलाई बताए । उनले भने– ‘पोस्टमार्टमका लागि ४ वटा शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)