त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी
khabarhub.com · Mon Aug 10 08:58:02 GMT 2026

एजेन्सी – इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको रक्षा सम्झौताले मध्यपूर्व तथा आसपासका मुलुकको संयुक्त राज्य अमेरिकाप्रतिको धारणा परिवर्तन भइरहेको संकेत गरेको दाबी गरेको छ । तेहरानले क्षेत्रीय मुलुकहरू आफ्नो सुरक्षा सुनिश्चित गर्न अमेरिकामाथिको निर्भरता घटाउँदै आफ्नै सुरक्षा सहकार्यतर्फ अघि बढिरहेको जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार साप्ताहिक पत्रकार सम्मेलनमा उक्त सम्झौता क्षेत्रीय सुरक्षा संरचनामा आएको परिवर्तनको संकेत भएको बताए। उनले सुरक्षा कुनै बाह्य शक्तिबाट खरिद गर्न सकिने वस्तु नभएको टिप्पणी गर्दै क्षेत्रका मुलुकले विगतमा जस्तै अमेरिकाले उपलब्ध गराउने सुरक्षा प्रत्याभूतिमा मात्र भर पर्न नसक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)