ग्यास अभाव हटाउन र विद्युतीय चुल्होमा सहुलियत दिन सांसद लामाको माग
ratopati.com · Mon Aug 10 09:03:07 GMT 2026

काठमाडौँ । सांसद सरस्वती लामाले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास अभावका कारण आम नागरिकको दैनिकी अस्तव्यस्त बनेको बताइन् ।
बजारमा देखिएको अभाव वास्तविक हो कि कृत्रिम रूपमा सिर्जना गरिएको हो भन्दै उनले सरकारसँग प्रश्न गरिन् । ‘सरकारले यस सन्दर्भमा अनुगमन गरेको छ कि छैन ? यदि कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो भने सम्बन्धित व्यवसायीमाथि कानुनी कारबाही हुनुपर्छ,’ उनले भनिन् । नागरिकको दैनिकी सहज बनाउनु सरकारको दायित्व भएको उनले उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)