हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह
khabarhub.com · Mon Aug 10 09:03:48 GMT 2026

एजेन्सी – बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई आग्रह गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र भारतका नवनियुक्त उच्चायुक्त दिनेश त्रिवेदीबीच सोमबार भएको भेटमा हसिनाको प्रत्यर्पण तथा दुई देशबीचका अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको हो ।
बङ्गलादेशको प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री रहमानले उच्चायुक्त त्रिवेदीसँगको भेटमा भारतले हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो अघि बढाउने अपेक्षा व्यक्त गरेकी छन् । सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि पदबाट हटेकी हसिना त्यसयता भारतमा रहँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)