ग्याँसको हाहाकार बिजुलीमा कर, नागरिकलाई राहत कहाँ छ सरकार ?
ajakoartha.com · Mon Aug 10 09:00:00 GMT 2026

काठमाडौं - सरकारले आगामी वर्षहरूमा विद्युत् उत्पादन ठूलो मात्रामा बढाउने लक्ष्य लिएको छ। तर, बर्खाका बेला उत्पादित बिजुलीको पूरै उपयोग भइरहेको छैन। ऊर्जा खपत तथा निर्यात रणनीतिमा सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्य लिइएको छ। जसमा १३ हजार ५०० मेगावाट आन्तरिक खपत र १५ हजार मेगावाट निर्यातको लक्ष्य राखिएको छ।
तर, अहिले नै जडित क्षमताको ठूलो हिस्सा उपयोग गर्न नसकिएको अवस्थामा उत्पादन क्षमता थप्नुका साथै प्रसारण पूर्वाधार, आन्तरिक विद्युत् खपत र निर्यात बजार विस्तार नगरेसम्म लगानीकर्ताले निर्माण गरेको क्षमता कागजमै सीमित हुने जोखिम देखिएको पूर्वसचिव कृष्णहरि बास्कोटा बताउँछन्। त्यसैले ऊर्जा उत्पादकका लागि समस्या केवल ‘उत्पादन कम भयो’ भन्ने होइन, उत्पादन गर्न सक्ने क्षमता हुँदाहुँदै पनि प्रणालीले विद्युत् लिन नसक्ने अवस्था हो। सरकारले जलविद्युत् उत्पादनको लक्ष्यसँगै उत्पादित विद्युत्को सुनिश्चित बजार, प्रसारण पूर्वाधार र क्षतिपूर्तिसहितको स्पष्ट ‘कर्टेलमेन्ट’ व्यवस्था गर्नुपर्ने देखिएको पूर्वसचिव बास्कोटा बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)