टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ
ratopati.com · Tue Jun 30 05:35:44 GMT 2026

काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्ध दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा मंगलबार सुनुवाइ हुँदैछ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला इजलासमा सुनुवाइ शुरु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बुस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरेको थियो । पूर्वमन्त्री मोहनबहादुर बस्नेतमाथि कुनै अध्ययनविना सोझै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिदबारे निर्णय गरेको आरोप छ । स्वायत्त प्रकृतिको नेपाल दुरसञ्चार प्राधिकरणमाथि उनले बजेट तथा कार्यक्रम स्वीकृतिको क्रममा इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त प्रणाली खरिद गर्ने भनी निर्णय गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)