पहिरोले कान्ति लोकपथ अवरुद्ध
clickmandu.com · Tue Jun 30 05:36:44 GMT 2026

मकवानपुर । हेटौंडा–काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)