लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
ajakoartha.com · Mon Aug 10 09:35:00 GMT 2026

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड बढी राजस्व असुली गरेको छ । उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रु १७ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु २० करोड ३७ लाख एक हजार ५५९ राजस्व असुली गरेको हो ।
आव २०८१/८२ को तुलनामा रु तीन करोड ७२ लाख २१ हजार ६२६ ले बढी हो । आव २०८१/८२ मा रु १६ करोड २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १६ करोड ६४ लाख ७८ हजार ९३३ राजस्व सङ्कलन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)