५० लाखले बढ्यो यातायात कार्यालयको राजस्व
ajakoartha.com · Mon Aug 10 09:43:00 GMT 2026

काठमाण्डौ - यातायात व्यवस्था कार्यालयले सेवाप्रवाहलाई छिटोछरितो बनाएपछि अघिल्लो वर्षको तुलनामा राजस्व करिब रु. ५० लाख बढेको बताइएको छ । आर्थिक वर्ष २०८२र८३ मा रु. १ करोड ९४ लाख ४४ हजार राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा कार्यालयका अनुसार चालक अनुमतिपत्र तथा सवारीसाधनको सङ्ख्यामा भएको वृद्धि र सेवाप्रवाहलाई छिटोछरितो बनाइएकाले राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो।
गत आर्थिक वर्षमा पकेट तथा रुट परमिटबापत रु. १८ लाख ८८ हजार, सवारी दर्ता किताब दस्तुरबापत रु. ६४ लाख ९२ हजार र अग्रिम आयकरबापत रु. ६ लाख ६८ हजार राजस्व संकलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)