राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि सदाचार ऐन ल्याउन सरकारलाई निर्देशन
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार बसेको समितिको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले समितिका तर्फबाट सरकारलाई उक्त निर्देशन दिएका हुन्। बैठकमा सभापति पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको दैनिक जीवनमा सुधार ल्याउनुपर्नेमा वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। सरकारका गतिविधिहरू संविधानलाई कमजोर बनाउने, लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनलाई प्रतिकूल प्रभाव पार्ने दिशामा उन्मुख भएको भन्दै उनले सदाचार नीतिको आवश्यकता र महत्त्वमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)