बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि पूर्ण ट्रेडिङ जापानद्वारा २१ लाख सहयोग
ratopati.com · Mon Aug 31 19:06:39 GMT 2026

काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा हालै आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि ‘पूर्ण ट्रेडिङ जापान’ ले २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
विगत १३ वर्षदेखि नेपाली उत्पादनलाई जापानको बजारमा पुर्याउँदै आएको पूर्ण ट्रेडिङले सोमबार उक्त रकम सिधै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो । नेपाल सरकारको आह्वानबमोजिम विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आधिकारिक बैंक खातामार्फत सो रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)