ज्ञानेन्द्र शाहीको चुनौती- ‘मैले रक्सीको एक थोपा पिएको छैन, यदि प्रमाणित भए सांसद पद त्याग्न तयार छु’
kendrabindu.com · Mon Aug 10 10:04:36 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले आफूमाथि व्यक्तिगत आरोप लगाउँदै चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री फैलाइएको भन्दै त्यसको निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफूले मदिरा सेवन गरेर सार्वजनिकरूपमा जथाभावी बोलेको तथा अश्लील भिडियो सार्वजनिक भएको भन्ने आरोपको खण्डन गरे। उनले सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर फैलाइएका सामग्रीप्रति आपत्तिसमेत जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)