विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न कार्यदल गठन
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्थाको अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्ने उद्देश्यले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठन भएको यस कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवहरू सदस्य रहेका छन्। यसबाहेक उद्योग मन्त्रालयबाट दुई जना विज्ञ सदस्य र सोही मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिव सदस्य-सचिव रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)