एकेडेमिया इन्टरनेसनल कलेज: नेपालको डिजिटल भविष्य निर्माण गर्ने आइटी शिक्षाको गन्तव्य
ictsamachar.com

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सूचना प्रविधि (आइटी) शिक्षाप्रति युवाहरूको आकर्षण तीव्र रूपमा बढिरहेको छ । डिजिटल अर्थतन्त्र, सफ्टवेयर विकास, डाटा व्यवस्थापन, नेटवर्किङ र साइबर सुरक्षाजस्ता क्षेत्रले नयाँ पुस्ताका लागि विश्वव्यापी अवसरहरू सिर्जना गरिरहेका छन् । यिनै सम्भावनालाई मध्यनजर गर्दै ललितपुरको ग्वार्को चोक, पिलाछेंस्थित एकेडेमिया इन्टरनेसनल कलेज आज नेपालको अग्रणी आइटी शिक्षालयका रूपमा स्थापित भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले बीएससी सिएसआइटी, बिसिए, बिबिएस, बिबिएम र एमबिएस कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा विशेष गरी आइटी कार्यक्रमहरूले कलेजलाई राष्ट्रिय स्तरमा विशिष्ट पहिचान दिलाएका छन् । कलेजले गुणस्तरीय शिक्षा, बहुसांस्कृतिक सिकाइ वातावरण र विद्यार्थीमैत्री समुदाय निर्माणमा जोड दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)