उद्घाटनपछि पनि पूर्ण सञ्चालनमा आएन नागढुङ्गा सुरुङमार्ग, सभापति गजुरेल असन्तुष्ट
bishowkhabar.com · Mon Aug 10 10:31:04 GMT 2026

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनपछि पनि पूर्ण रूपमा सञ्चालनमा नआएको भन्दै सरकारप्रति असन्तुष्टि जनाउनुभएको छ।
करिब २९ अर्ब रुपैयाँ लागतमा बनेको सुरुङमार्गबाट राज्यले टोल आम्दानी गुमाइरहेको उहाँको भनाइ छ। उद्धार संयन्त्र पूर्ण रूपमा तयार नभएकाले सञ्चालनमा ढिलाइ भएको जानकारी आएको उल्लेख गर्दै उहाँले “यी तयारी उद्घाटनअघि नै किन पूरा गरिएन?” भन्ने प्रश्न उठाउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)