टोखा र पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
nepalnews.com · Tue Jun 30 05:50:42 GMT 2026

काठमाडौँ। काठमाडौँको टोखा र गोरखाको पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ।
टोखा र पालुङटार नगरपालिकाबीच आपसी मैत्री, सहकार्य तथा दिगो विकासका विविध क्षेत्रमा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरिएको हो। भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौतापत्रमा सोमबार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले हस्ताक्षर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)